Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ई–रिक्सा चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

ई–रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले बताए ।