Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रामेछापको लिखु तामाकोशीका पूर्व अध्यक्ष भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौंले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले ग्रामीण विद्युतीकरण परियोजनामा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको हो ।

विशेष अदालतले अध्यक्ष खड्कासहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीमध्ये पाँच जना दोषी ठहर भए भने २२ जनाले भने सफाइ पाएका छन् ।

खड्कासहित राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । विशेषले गाउँपालिका अध्यक्ष खड्कालाई एक करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।