Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान गरे । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रूपमा केवल पाँच रन पायो ।