Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयरल्यान्ड वल्भेसविरुद्व नेपाल टस हारेर फिल्डिङ गर्दै, करण केसीले दिलाए पहिलो सफलता

आयरल्यान्ड ‘ए’(वुल्भ्स)विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। टस हारेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले दोस्रो बलमै आयरल्यान्डका मार्क रिचर्ड एडेयरको विकेट लिएका हुन्।

उनी ४ रन बनाएर बाहिरिए। सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिए। नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड वल्भेसबीचको पहिलो टी-२० खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

नेपाल भ्रमणमा रहेको आयरल्यान्डले राष्ट्रिय टोलीसँग २ खेलको टी-२० सिरिज खेल्दा नेपाल ‘ए’ टोलीसँग समान ३/३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ। टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन प्रयासरत रहेको छ।

तर पछिल्ला खेलहरूमा नेपालको निरन्तर परिवर्तित ब्याटिङ अडर चल्न नसक्दा र पार्टटाइम बलरहरूकै भरमा रहँदा चुनौती बढ्दै गएको छ। ब्याटिङ र बलिङमा निरन्तर परीक्षणले अझै नेपालले टी-२० विश्वकपका लागि आधिकारिक प्लेइङ ११ तयार गर्न सकेको छैन।

यस्तो छ आयरल्यान्ड वल्भेस विरुद्धको प्लेइङ ११:

कशुल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललिल नारायण राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी

नेपालले आज टोलीमा रहेका आकाश चन्द, प्रतिश जिसी, अनिल साहा र विवेक यादवलाई बेन्चमा राखेको छ।