Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चिनियाँ पर्यटकले रंगमा रमाउँदै मनाए होली (तस्बिरहरू)

काठमाडौं । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ ।

विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् ।

Photo (2).jpg

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् ।

Photo (4).jpg

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।