Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाइएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

WhatsApp Image 2024-03-22 at 12.05.09.jpeg

उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर – भद्रकाली – जमल हुँदै पुनः कमलादीमा पुगेर टुङ्गिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेड क्रस सोसाईटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरूले रक्तदान गरेका थिए ।

साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ ।

WhatsApp Image 2024-03-22 at 12.06.22.jpeg

बिमा कम्पनीहरूको पुँजी वृद्धि गरी समग्र बिमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बिमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बिमा कोष रु १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ शाखा सञ्जाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।