Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापद्वारा होलि विशेष खुल्ला दौड प्रतियोगिता

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापले होलि विशेष खुल्ला दौड प्रतियोगिता आयोजना गरेको छ । आइतबार होलि विशेष पारेर खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता आयोजना गरेको हो । 

सहभागी हुने व्यक्तिले चैत १० गते २ः०० बजे भित्र नाम दर्ता गर्नुपर्ने छ । उक्त खेलमा नाम दर्ता गर्नका लागि निशुल्क नाम दर्ता गर्न सकिन्छ । उक्त प्रतियोगितामा प्रथम हुनेले महिला र पुरुष दुवैले ५ हजार, द्वितीय हुनेले ३ हजार र प्रमाण र तृतीय हुनेले २ हजार र प्रमाण पत्र मेडल पाउने जिल्ला कमिटी रामेछापका सचिव रामहरी कार्कीले  बताए ।

साथै दौड प्रतियोगिता सप्पन्न भएपछि होलि कार्यक्रम मनाइने र दौडमा सहभागी हुनेहरुलाई होलि टिसर्टको व्यवस्था गरिनेर साथै नाम दर्ता गर्ने सबै सहभागीलाई प्रतियोगितामा सहभागी गराईने सचिव कार्कीले बताए ।