Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानेले गृह मन्त्रालय रोजेका हुन्ः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको आरोप लगाएका छन् । आज बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।

गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै यो सम्भव नहुने उनले बताए । केसीले संसदभित्र र बाहिर बद्नाम मान्छेको सहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गराउनु जनतामाथिको अपमान भएको जिकिर गरे । 

त्यस्तै उनले मानवताविरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १७ वर्षदेखि अड्किएको बताएका छन् ।