नेत्रहीन युवासंघको आयोजनामा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा चार दिने दौँतरी शिक्षा तालिम सम्पन्न भएको छ।काठमाडौँको दिल्लीबजार स्थित होटल पेन्सन वासनामा तालिम २०८०/१२/०४ गते सम्पन्न गरिएको हो।

एक्सन फर चेन्ज परियोजना अन्तरगत उक्त तालिम सञ्चालन गरिएको नेत्रहीन युवासंघ काठमाडौं साखाले जानकारी दिएको छ। उक्त तालिममा द्रिष्टिविहिन, बहिरा, शारिरिक अपाङ्ग बौधिक अपाङ्ग र बौधिक अपाङ्गता भएका व्यक्तीहरूको अभिभावक सहित २५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले चार दिने तालिम आफूहरूकोलागी फलदायी भएको बताएका छन।

सबै प्रकारका अपाङ्गता भएका व्यक्तीहरूसङ्ग भेट हुन पाउँदा एकअर्काको समस्या सबैले बुझ्ने अवसर पाएको सहभागीहरूले भने। तालिम नलिनु अघी आफूहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको सन्धर्वमा धेरै कुरा थाहा नभएको तर हालको तालिमले धेरै कुरा सिकाएको उनीहरूले बताए। यौन तथा प्रजनन बारे मनमा जिग्यासा भएता पनि हिजो अस्तीका दिनहरूमा आफूहरू खुलेर कुरा गर्न नसकेको तर यस तालिमबाट आफूहरू अब खुलेर कुरा गर्न सक्ने उनीहरूको बुझाई रहेको छ। यसका साथै समूदायका साथीहरूलाई पनी यौन तथा प्रजनन स्वास्थ्य बारे परामर्श दिने र आफूहरूले यौन तथा प्रजनन स्वास्थ्यको विषयमा तालिम सञ्चालन गर्ने सहभागीहरूको भनाई छ।

एक्सन फर चेन्ज परियोजनाको सम्योजक निलु महर्जनले अपाङ्गता किश्वोर किश्वोरीहरूको प्रजनन स्वास्थ्यको बारेमा प्रकाश पार्दै शिक्षा उज्यालोको बत्ती भएको बताईन। शिक्षा उज्यालोको बत्तीभएको हुँदा आफ्नो प्रजनन स्वास्थ्यको बारेमा सबै जना जानकार हुनु पर्ने उनले भनिन। शारिरिक मानशिक समस्या मात्रै समस्या नहुने भन्दै मनमा लागेका प्रश्नहरू व्यक्त गर्न नसक्ने पनि समस्या कै एउटा रूप भएको उनले बताइन।

अपाङ्गता भएका किसोर किसोरीहरूलाई किसोरा अवस्थामा हुने परिवर्तन महिलाहरूलाई महिनावारी हुँदा प्रयोग गरीने मेन्सुरलकपको बारेमा जानकारी दिइन। यसका साथै सूचनाको अभावमा प्रजनन स्वास्थ्यमा पर्ने असर असुरक्षित यौन सम्पर्क गर्दा लाग्न सक्ने एचाईभी एड्स् रोगको बारेमा र लैङ्गिक विवेधको बारेमा पनी महर्जनले प्रकाश पारिन।

यौन तथा प्रजनन स्वास्थ्य विग्ञ मदन राज भट्टले कार्यक्रमको सहजीकरण गरेका थिएँ। १० वर्ष सम्म यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गरीसकेका उनले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो प्रजनन स्वास्थ्यको विषयमा आजभोली केही हद सम्म खुलेर बोल्ने गरेको बताए। चार प्रक्रितीका अपाङ्गता भएका व्यक्तीहरूलाई सुरुमा कसरी सहजीकरण गर्ने लागेको तर सेसन चलाउँदै जाँदा सोँचेभन्दा पनि तालिम अझ उत्क्रिष्ट भएको उनले भने।

नेत्रहिन युवा संघका प्रमुख सल्लाहकार कलाधर भण्डारी यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ मदन राज भट्ट र नेत्रहिन युवा संघकानिर्देशक विश्व श्रेष्ठले कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। नेत्रहीन युवासंघ काठमाडौं साखाका अध्यक्ष शङ्कर उपाध्याय उक्त तालिमले सबै वर्गलाई जोड्ने पूलको काम गरेको बताए। बगैँचामा सबै फूल फुल्न सक्ने भन्दै सबै वर्गको सक्रियता भएकोमा आफू खुशी भएको र काम गर्न आफू झन उत्साहित भएको उनले भने। हिजो अस्तीका दिनहरूमा आफ्नो लागी आफै बोलेको तर अहिले सबैकालागी बोल्ने समय आएको उपाध्याय भन्छन। छरिएर रहेका अपाङ्गता भएका व्यक्तीहरूलाई एकिक्रित गर्ने उद्देश्य नेत्रहीन युवासंघको काँधमा आएको उनले भने। पेसाले शिक्षक समेत रहेका उपाध्याय आफूहरू शहरमुखी नभएको बताए।

नेपाल रैबारसँगको कुराकानीमा नेत्रहीन युवासंघले ग्राह्मिण क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तीहरूलाई समेत समेटेको उनले भने। हाल काठमाडौ उपत्यकामा सञ्चालन गरिएको तालिम सन। २०२४ भित्र नै मधेशप्रदेशको बारा र कर्णाली पर्देशको सुर्खेतमा तालिम सञ्चालन गर्ने तयारी रहेको उपाध्यायले भने। ञसैगरी नेत्रहीन युवासंघ ले संस्थागत क्षमता विकास तालिम गत महिना सञ्चालन गरेको थियो। उक्त संस्थाले अपाङ्गता भएका व्यक्तीहरूको रोजगार स्वास्थ्य शिक्षा राजनितीमा सहभागिता जस्ता विषयहरूमा वकालत गर्दै आएको छ।