नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको टिप्पणी गरेका छन् ।
‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ’, सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शाहले भने ।
यही चैत २ गते मन्त्रिपरिषद् बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।