Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझायो

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाइएको छ। आज बालुवाटारमा कार्यदलका सदस्यहरूले शीर्ष नेताहरुलाई  साझा न्यूनतम कार्यक्रम बुझाएका हुन्।

कार्यदलको हिजो बसेको बैठकले नै मस्यौदा तयार पारेको थियो। कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी कार्यान्वयनमा लैजाने तयारी छ। कार्यदलको मस्यौदामा साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख छ।

यस्तै, राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको कार्यदल सदस्यहरुले बताएका छन्।