Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कृष्णपुरका ९ वटै वडामा ४५ किलोमिटर सडक स्तरोन्नती गरिदै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नती गरिन लागेको  छ । नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न लागेको हो ।

6924861d-ef14-4c65-8cf5-62debe6a1760.jpeg

वडा न ८ बाट शुरु भएको सडक स्तरोन्नतिको काम अहिले वडा न ८ मा पुगेको छ । नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानीपिच गर्नका लागि डेढ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख हेमराज ओझाले ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच गर्न थालेको बताए ।

1e2e4fc7-b4db-4275-b2cf-b33e71433695.jpeg

उनले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको बजेटले सडक कालोपत्रे मात्रै गर्दा वर्षौ सम्म पनि पिच नहुने देखिएकाले जनतालाई सहजताहोस भनेर सबैठाउँमा एकैपटक सडक पानी पिच गर्न लागिएको बताए । नगरपालिकाले आफैले सडक पानीपिच गर्दा थोरै बजेटमा पनि धेरै काम भएको उनको भनाइ छ ।नगरप्रमुख ओझाले आफ्नो कार्यकालमा सबै वडाका सडक स्तरोन्नती गर्ने उद्देश्यका साथ काम अगाडि बढाइरहेको बताए । 

6924861d-ef14-4c65-8cf5-62debe6a1760.jpeg

नगरपालिकाले सडक कालोपत्रे गर्नको लागि पनि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ४०/४० लाखका दरले बजेट विनियोजन गरेको जनाएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष कैलाश बहादुर बलायरले काम अनुगमन रेखदेख गर्नको लागि प्राविधिक र जनप्रतिनिधि खटाइएको बताए । उनले सडक पानीपिच अभियान अन्तरगत बाटोको चौडाई पनि विस्तार गरिरहेको बताए ।

7f67de91-c96d-4465-8b7b-a686dc00435a.jpeg

त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेश खड्काले विगतका वर्षमा झै यसपटक पनि गुणस्तरीय काम हुन्न कि भनेर स्थानीय चिन्तित भएपनी नगरपालिकाका स्रोत साधनले जनप्रतिनिधि स्वयं उपस्थित भएर काम गरेको देख्दा स्थानीयहरु पनि सन्तुष्ट रहेको  बताए । कृष्णपुर नगरपालिकाकी उप्रमुख द्रोपती रानाले उपभोक्ता समिति मार्फत हुने काम र नगरपालिकाको स्रोत साधन प्रयोग गरी भैइरहेको सडकको स्तरोन्नतीमा आकास जमिनको फरक रहेको बताइन ।

उनले आफुहरु प्रत्यक्ष फिल्डमै गएर अनुगमन गरिरहेको बताई । कृष्णपुर नगरपालिका वडा न. ८ का स्थानीय भक्त बहादुर चौधरीले यो भन्दा अगाडी आधाभन्दा बढी पैंसा उपभोक्ताले कुम्ल्याउने काम धेरै कम हुने गथ्यों अहिले शत प्रतिशत काम भएको देख्दा असाध्यै खुशी लागेको छ । कृष्णपुर नगरपालिकामा सडक पानी पिच तथा मर्मत गर्नको लागि ग्रेडर, लोडर, २ वटा जेसीवी, २ वटा टिप्पर र २ वटा ट्याक्टर खरिद गरेको  छ ।