Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय सभा अध्यक्ष दाहाल माओवादी केन्द्रबाट अलग

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पार्टीको जिम्मेवारी परित्याग गरेका छन् । गत २९ फागुनमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका दाहालले माओवादी केन्द्रको पदीय जिम्मेवारीबाट अलग भएका हुन् ।

पार्टीको जिम्मेवारीबाट अलग हुनेगरी दाहालले दिएको राजीनामा माओवादीको आज बसेको स्थायी समिति बैठकले स्वीकृत गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत भएका दाहाल माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । 

संविधानले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचत भएपछि दलीय जिम्मेवारीबाट अलग हुनुपर्ने व्यवस्था गरेको छ । संविधानको सोही व्यवस्थालाई अंगिकार गर्दै दाहाल पार्टीबाट अलग भएका हुन् ।