Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेस सांसद सेजुवालको कटाक्षः माओवादीका नेता सुनले पहेंलपुर भइसके

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेंलपुर भएको बताएकी छन् ।

आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।

‘सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुपै्र नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नु भएको छ । हुँदा हुँदा माननीय अर्थमन्त्री ज्यूको नाम सुन प्रकरणमा जोडिएको छ,’ उनले भनिन् ।