Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नेपाली काँग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा (भिडियो)

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन्। प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दै पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन्। 

“उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस,” उनले भने । पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो ।” 

उनले ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ताको माग अनुसन्धानको घेराभित्र रहेको मानिसले पूरा गर्न नसक्ने बताए । “अनुसन्धानको मुख्य घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ?,” उनको प्रश्न छ ।

भिडियो: