Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक आज शुक्रबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।

अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) बिधेयक–२०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।