नेपाली काँग्रेसकी सांसद नगिना यादवले रास्वपाका सभापति रवि लामिछानेलाई स्वार्थ बाझिने मन्त्रालयमा किन नियुक्त गरियो भन्दै संसद्मा प्रश्न उठाएकी छिन् ।
बिहीबारको संसद बैठकमा यादवले प्रतिनिधिसभाको नियमावलीमै स्वार्थको द्वन्द्व देखिए त्यस्तो व्यक्तिलाई जिम्मेवारी दिन नहुने उल्लेख गरिएकोमा त्यसलाई बेवास्था गर्दै सहकारीको अनियमितता प्रकरणमा जोडिएको व्यक्तिलाई गृहमन्त्री किन नियुक्त गरियो भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेकी छिन् । उनले आफू जोडिएको विषयमा गृहमन्त्रीले कस्तो अनुसन्धान गराउलान् भनेर शंका व्यक्त गरेकी छिन् ।
यसैगरी, सांसद यादवले रास्वपाका सांसद स्वर्णीम वाग्लेलाई लक्षित गर्दै उनीजस्ता विद्वान काँग्रेसमा प्रसस्त भएको प्रतिक्रिया दिएकी छिन् । उनले विद्वान खोज्न काँग्रेस सांसदको बायोडाटा हेरे हुन्छ भनेर व्यंग्य गरिन् ।