Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

इलाम र बझाङमा उपनिर्वाचन गर्न आठ करोड खर्च लाग्ने

आउँदो उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाइ छ ।

आयोगले बुधबार अर्थ सचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो। अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए।

 ‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेका छौँ’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचनका लागि मतदान हुनेछ ।