Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राप्रपा नेपालको प्रदर्शनमा झडप, सवारी आवागमन अस्तव्यस्त

राप्रपा नेपालको बृहत दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । आज बिहीबार कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता–कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडपको स्थिति सिर्जना भएको हो ।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ । सुन्धारा हुँदै लगनखेलसम्म जाने सवारी साधनहरूलाई रत्नपार्कबाट डाइभर्ट गरिएको छ । प्रहरीले प्रदर्शनकारीहरूलाई एक लेन मिलाएर हिँड्न आग्रह गरे पनि र्‍यालीमा सहभागीहरूले दुई लेनबाटै अगाडि बढ्न खोजेपछि झडपको अवस्था आएको हो । 

हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचार अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन सुरु गरेको हो ।