Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी देखाएको भए पनि सरकारी पक्ष पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पाटन पुगेको छ ।

सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तर नाबालिक भने नरहेको अदालतको ठहर थियो । सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलात्कार मुद्दा लिएर पुनः उच्च अदालत पुगेको छ । सन्दीपविरुद्धको मुद्दा दर्ता भएको छ । उनीहरूले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारवाही माग गर्दै मुद्दा दर्ता गरेका हुन् ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले भने जिल्ला अदालतले सरकारी कागजातहरूकै आधारमा नाबालिका रहेको भनेर दिएको फैसालविरुद्ध उच्च अदालत जानु आफैंमा विरोधाभाष भएको बताएका छन् । उनले भने, ‘सरकारी पक्षले नै सरकारले बनाएको कागजातका आधारमा उनी सावालिक रहेको अदालतले भनिसकेपछि अब त्यही विषयलाई लिएर उच्चमा जानु आफैंले आफैंलाई विश्वास नगरेको र विरोधाभाष हो ।’

उनले सरकारले खासमा सरकारी कागजात कीर्ते गरेकोमा मुद्दा दायर गर्नु पर्नेमा उनीहरू आफ्नै कागजातविरुद्ध अदालत पुग्नु आश्चर्य भएको बताएका छन् । उनले भने, ‘उनीहरूको मागअनुसार जिल्ला अदालते बलत्कारमा दोषी देखाइसकेको छ । अब उच्च अदालतले बलत्कार हो कि होइन भन्ने विषयमा छिनोफानो गर्ने विषय मात्र मुख्य हो ।’