Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

संसदमा सीके राउतको व्यङग्यः बरू एलिना चौहानको गीत गाई दिएको भए हुन्थ्यो

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) ले गठबन्धन परिवर्तनबारे लामो भाषणभन्दा एलिना चौहानको गीत गाई दिन अनुरोध गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा राखेको विश्वासको प्रस्तावबारे छलफलमा बोल्दै अध्यक्ष राउतले लामो फेहरिस्तको सट्टा एलिना चौहानको गीत गाइदिन भन्दै व्यङग्य गरेका हुन् ।

‘सबै दलका कुरा घण्टौंसम्म सुन्दा लाग्थ्योस त्यो भन्दा बरू एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो । लामो फेहरिस्त दिनै पर्दैन थियो,’ उनले भने । राउतले पटक पटक गठबन्धन बनाउने र फुटाउनेले जनताले के पाए भन्ने कुरालाई ध्यान नदिएको बताए ।


उनले गठबन्धन गर्ने प्रवृत्ति रोक्न ऐन कानुन ल्याउनुपर्ने कि त व्यवस्थै परिवर्तन गर्नुपर्ने बताए । ‘जनताले हामीलाई दिएको विश्वासका मत बचाउन सकेका छैनौं । कहिले यता कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताकै हातमा सुम्पौं । जनताले प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं,’ उनले भने ।