नेकपा माओवादीका सांसद महिन्दराय यादवले यसअघिको गठबन्धन अप्राकृतिक रहेको टिप्पणी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले यसअघिको गठबन्धन अप्राकृतिक रहेको, कांग्रेस र माओवादीको शैद्धान्तिक गोत्र नमिलेको टिप्पणी गरे ।
त्यस्तै अहिलेको सरकारले देशको समस्यासहित मधेश मुद्दाका विषयमा काम गर्ने समेत बताए । देशमा जनयुद्द नभएको भएर संविधान बन्न नसक्ने टिप्पणी गरे ।
नेकपा माओवादी धेरै समय कांग्रेससँग बसेको भए माओवादी क्षयीकरण हुने भन्दै कटाक्ष गरे ।