Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटः फाइनलमा नेपालले पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्ने

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल र पीएनजीबीचको फाइनल खेल ११ः ४५ बजे सुरु हुनेछ ।