Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी–२०: उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनीसँग भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भिडन्त हुनेछ।

नेपाल र पीएनजीबिचको फाइनल खेल आज बिहान ११ः४५ बजे सुरु हुनेछ। त्यसअघि आजै विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ। सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले भने हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दैछ।