Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सरकार र आरती साहको परिवारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र महिनौंदेखि काठमाडौंमा न्यायको लागि धर्ना दिइरहेका आरती साहको परिवारबीच पाँचबुँदे सहमति भएको छ । गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा मंगलबार गृह मन्त्रालयले आरती साहको परिवारसँग पाँचबुँदे सहमति गरेको हो ।

सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाइने भएको छ । प्राप्त प्रमाण अदालतमा पेस गर्ने सहमति भएको छ ।


अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

received_813823710784463-768x1024.jpeg