Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता गर्न राजदूतलाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत नोभिकोभले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।