गठबन्धन चीनले होईन, एमालेले भत्काएको हो
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराए ।
गठबन्धन चीनले होईन, एमालेले भत्काएको हो
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादीसहितको गठबन्धन आफूहरुले भत्काएको दाबी गरेका छन् । आज (मंगलबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीसहितको गठबन्धन चीनले भत्काएको भन्ने आरोपलाई खण्डण गर्दै उक्त गठबन्धन एमालेले भत्काएको दाबी गरेका हुन् ।
‘यो परिवर्तन हामीले गरेको, गराएको हो । कमसेकम यती जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्याएको यति सानो काममा पनि ? चीनले बनाइदियो अरे, चीन आयो अरे, चीन घुस्यो अरे । यस्तो खाल्को कुरा चाहीँ नगरे हुन्थ्यो । त्यती जस त हामीलाई दिनुस् । यत्रो मेहनत गरेर बनाइएको छ । यति काम त हामीले गरेको भन्दा हुन्छ नि । हामीले गरेको हो,’– उनले भने ।
अहिलेको सरकारले जनतामा आशा जगाउने कोशिस गरिरहेको बताए । सत्ता गठबन्धन महान उदेश्यको साथ अगाडि बढिरहेको बताए । उनले एमाले सरकारको अन्ध समर्थन गर्ने पार्टी नभएको बताए । हिजो प्रमुख प्रतिपक्षीमा रहँदा पनि एमालेले सरकारको अन्ध विरोध नगरेको उनको दाबी छ ।