Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एमाले बैतडीमा नरेशकुमार बिक सर्वसम्मत

 नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको छ ।

सर्वसम्मत चयन भएका पदाधिकारीलाई आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौं अधिवेशन सोमबार उद्घाटन गरेका थिए ।