Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट गठबन्धनको सहयोगमा अध्यक्ष भएका हुन् ।

उनलाई उनको दल माओवादी केन्द्रसहित नेकपा एमाले, एकीकृत समाजवादी लगायत गठबन्धन दलको सहयोग समर्थन रहेको थियो । उनले नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै शर्मालाई उनको दल नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको थियो ।

उनको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा आज ५६ सदस्यको मात्रै उपस्थिती रहेको थियो ।