Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी-२० क्रिकेटमा कुशल भुर्तेलले पुरा गरे १ हजार

नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् । उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १४७६ रन बनाएका छन् ।