Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल र  पपुवा न्यूगिनी खेल्दै, नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

हङकङमा जारी टी–२० सिरिजमा आज नेपालले  पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ।  यो खेल नेपाली समय अनुसार बिहान  पौने ७ बजे बजेदेखि शुरु हुने छ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन्। जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ।

nepal vs png.jpg

यसअघि भएको  नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए।  त्यसैगरी आजै  हङकङ र पीएनजीबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार पौने १२ बजेदेखि शुरु हुने छ।

नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ। फाइनल खेल भोलि हुनेछ। फाइनलमा नपुग्ने टोलीले े हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।