Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेत्रहीन युवासंघको आयोजनामा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा तीन दिने क्षमता विकास तालिम सम्पन्न

शङ्कर उपाध्याय । नेत्रहीन युवासंघको आयोजनामा सि.बि.एम  ग्लोबलको आर्थिक सहयोगमा तीन दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम एक्सन फर चेन्ज परियोजना अन्तर्गत काठमाडौंको दिल्लिबजार स्थित पेन्सन बासना होटेलमा सम्पन्न गरिएको नेत्रहीन युवासंघ काठमाडौं साखाका अध्यक्ष शङ्कर उपाध्यायले बताएका छन्। उक्त तालिम गत २५ गतेदेखी २७ गते सम्म सञ्चालन गरिएको थियो। 

OD KTM 1.jpg

बायन च्याप्टर साखा काठमाडौ उपत्यका कार्य समितीका १२ जना प्रतिनिधीहरूलाई सो तालिम दिइएको  उनले भने।  संस्थागत समस्यालाई मध्यनजर गर्दै क्षमता विकास प्रपोजल राइटीङ तालिम अहिलेको आवश्यकता रहेको उनले बताए। 

OD KTM 7.jpg

 नेपाल राष्ट्रिय अपाङ्ग महासंघका पूर्व कार्यकारी प्रमुख मनिश प्रसाईं र  नेपाल नेत्रहीन युवासंघका सचिव कलाधर भण्डारीले प्रशिक्षणको रुपमा तालिम सञ्चालन गरेका थिए। प्रपोजल राइटिङ तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारमा जोड्न ठूलो सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गरे।

OD KTM 5.jpg

व्यक्तिको चाहना र क्षमताको अध्यन नगरी विभिन्न संघसंस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई भेला गरेर हँचुवाको भरमा हिजोका दिनहरूमा तालिम सञ्चालन गरेकै कारण हालसम्म पनि अपाङ्गता भएका व्यक्तिहरू सम्म रोजगारको पहुँच नपुगेको उनले बताए। साथै त्यस्तो तालिमको कुनै अर्थ नरहने उनको भनाई छ।

OD KTM 6.jpg

 नेपाल रैबार सङ्गको कुराकानीमा विगतका दिनहरूमा पनि आफूहरूले विभिन्न तालिमहरू सञ्चालन गरिएको उपाध्यायले बताए। भावी दिनहरूमा पनि विभिन्न तालिम सञ्चालन गरिने संस्थाको तयारी रहेको उनको भनाई छ।