Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेटवार्ता, के-के भयो कुराकानी?

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जंगी अड्डामा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छसदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ । चारदिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछ ।