Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।

उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।
भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।

समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर छन् ।