Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक श्रृङ्खला: पहिलो खेलमा नेपाल र हङकङ खेल्दै, सोमबार पवुवा न्युगिनीसँग नेपालको दोस्रो खेल

त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्। 

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।