Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल हङकङसँग ७३ रनले पराजित

टी–२० आई को पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

२१३ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १३९ रनमा अलआउट हुँदै हङकङसँग ७३ रनले पराजित भएको हो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।