बाबर हायातको शतकमा घरेलु टोली हङकङविरुद्धले टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।
मङककमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो । हङकङका लागि बाबर हायातले ११० रन जोडे । हायातले ४९ बल खेल्दा १३ छक्का र ३ चौका हिर्काए ।
अन्सुमन रथले ३९ रन तथा मार्टिन कोएट्जीले ३१ रन बनाए । नेपालका लागि आकाश चन्दले ३ तथा प्रतिश जिसी, राशिद खान र आरिफ शेखले १–१ विकेट हात पारे । नेपाल, हङकङ र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपाल र हङकङबीच टी–ट्वान्टी खेल भइरहेको हो ।