Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

दुबई पठाइदिन्छु भन्दै लाखौ ठगी गर्ने एक महिलालाई पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-१७ घर भई हाल टोखा नगरपालिका-६ बस्ने ४४ वर्षीया सुशिला राई रहेकी छन् ।

पक्राउ परेकी राईले भिम बाहादुर सिंहसहित दुई जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुशिला ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो। पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशिलालाई आज ग्राण्डीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी सुशिलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।