Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुन तस्कर चिनियाँ नागरिकलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ

सुन तस्करीको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले एक अधिकृत पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याललाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी काभ्रेले जानकारी दिएको छ । अर्याल चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा नासु पदमा कार्यरत थिए । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्‍याएको आरोप छ ।

उक्त घटनामा सीआईबी ले अनुसन्धान गरिरहेको छ । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।