प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने
नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ । नेपाली काँग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरी गठबन्धन तोडेको बताउँदै “हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।”
बैठकले नेपाली काँग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबीसमेत गरेको छ। बैठकका निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी काँग्रेस प्रश्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको काँग्रेसको ठहर गरेको बताए।
प्रधानमन्त्रीले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको काँग्रेसको जिकिर छ । “नेपाली काँग्रेस सधैँ गठबन्धनप्रति इमानदार रह्यो । काँग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको हो,” लेखकले भने, “तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघात र बेइमानीका रूपमा लिएका छौँ ।”
अब काँग्रेसले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।