Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई प्रश्न - गृह मन्त्रालयल नै किन रोज्नुभयो? (भिडियो)

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारे ।

उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए । 

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन् । उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए ।

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न पनि निर्देशन दिए ।

भिडियो: