नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार राति सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
शीतल निवासमा आजै उनले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिएका थिए । यसअघि उनी गृहमन्त्री रहेपनि नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा परराष्ट्रमा पुगेका हुन् ।

यो पनिः प्रचण्डको एउटै कार्यकालमा नारायणकाजी तीन मन्त्रालयमा सरूवा
नेकपा माओवादी केन्द्रको पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् । पुराना मन्त्रीमध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटै कार्यकालमा श्रेष्ठले तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।

अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन् । साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिरएका थिए ।
किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आएका छन् । तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन् । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहोरिएका छन् ।
