राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठ यतिबेला शोकमा छिन् । ३ दिनअघि उनकी हजुरआमाको ९३ बर्षको उमेर निधन भएको थियो ।
आज विस्तार हुँदै गरेको मन्त्रिपरिषद्मा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुने तयारी छ । पछिल्लो एक हप्तादेखी आफू हजुरआमाको स्याहारमा व्यस्त रहेको बताउँदै सुमनाले सामाजिक सञ्जालमा हजुरआमाको मृत्युबारे जानकारी दिएकी थिइन् ।
आज शिक्षामन्त्री नियुक्त हुँदै गरेकी सुमनाले खादा माला नलगाउने निर्णय गरेको जानकारी छ । पत्रकार मकर श्रेष्ठले फेसबुकमा लेखेका छन् - 'शिक्षामन्त्री शोकमा, खादा माला नलगाउने '।
आज बन्ने मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।
