Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एकीकृत समाजवादीलाई दुई मन्त्रालय, भानुभक्त र धनबहादुर बन्दै मन्त्री

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसालले छलफल गरेपश्चात दुई मन्त्रीसहित सरकारमा जाने निर्णय गरेको हो ।

एकिकृत समाजवादीले संघिय मामिला तथा सामान्यप्रशासन मन्त्रीमा भानुभक्त जोशी, शहरी विकास मन्त्रीमा धनबहादुर बुढालाई पठाउने निर्णय गरेको छ ।