Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने

नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । सत्ता गठबन्धनका दलहरूको निरन्तरको प्रयासपछि एकीकृत समाजवादी सरकारमा जान तयार भएको हो ।

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रालय भागबन्डाको विषयमा सहमति भइसकेको छैन ।

त्यसका लागि पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।  त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।