वर्तमान सत्ता गठबन्धनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ। मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।
उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो। नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।