Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नयाँ मन्त्रीले आजै सपथ लिने

नयाँ मन्त्रिपरिषदमा थप भएका मन्त्रीहरुको सपथ आजै बेलुका ५ बजे हुने भएको छ । नवगठित मन्त्रिपरिषदमा थपिएका मन्त्रीहरुले आजै ५ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण हुने स्रोतले बतायो ।

मन्त्रिपरिषदमा एमालेले उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय पाउने भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रले ५ र जसपाले २ मन्त्रालय लिने सहमति भएको छ ।

सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्। अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ। नेकपा ९एमाले० बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको जानकारी छ।

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्। लामिछाने र अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए।