Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक कुशवाहसहित १३ जना पक्राउ

मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।