Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नयाँ गठबन्धन र सरकार निर्माणप्रति चीनको प्रतिक्रिया - 'मिलेर काम गर्ने चाहना'

नयाँ गठबन्धन र सरकार निर्माणप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालबारे प्रतिक्रिया दिएकी हुन् ।

उनले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिइन् ।नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने चाहना रहेको उनले बताइन् ।

मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनको भनाई थियो ।