Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, गठबन्धन र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो  नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमालेको तीव्र दबाब छ। दुवै पार्टीका अध्यक्ष नेपालको निवास नै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास कोटेश्वर पुगेका थिए। यसअघि सोमबार पनि प्रधानमन्त्री दाहाल नेपालको निवास पुगेका थिए। ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए।

मंगलबार दाहाल र ओलीसँगको भेटमा अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएको नेताहरूले बताएका छन्।